कमेन्ट

कमेन्टस्(Comments) बयानहरू हुन् जसले अन्य प्रोग्रामरहरू वा कुन् कोडले के काम गर्दछ भनेर जानकारी दिन्छन्।

जाभास्क्रिप्टमा, कमेन्टहरू २ तरीकाले लेख्न सकिन्छ:

  • एकल रेखा कमेन्टहरू: यो दुई फरवार्ड स्ल्याशहरू (//) बाट सुरु हुन्छ र रेखाको अन्त्यसम्म जारी रहन्छ। स्ल्याशहरू पछिको कुनै पनि कुरा जाभास्क्रिप्ट ईन्टरप्रेटरद्वारा कोडको रूपमा प्रसोधन गरिदैन। उदाहरणका लागि:
// यो एक कमेन्ट हो, यसलाई जाभास्क्रिप्ट ईन्टरप्रेटरद्वारा बेवास्ता गरिनेछ
let a = "this is a variable defined in a statement";
  • बहु-रेखा कमेन्टहरू: अगाडिको स्ल्याश र ताराङ्कन (/*) बाट सुरु हुन्छ र ताराङ्कन र अगाडिको स्ल्याश (*/) सँग समाप्त हुन्छ। सुरु र अन्त्य चिन्हहरू बीचको कुनै पनि कुरा जाभास्क्रिप्ट ईन्टरप्रेटरद्वारा कोडको रूपमा प्रसोधन गरिदैन। उदाहरणका लागि:
/*
यो एक बहुरेखा कमेन्ट हो
जसलाई जाभास्क्रिप्ट ईन्टरप्रेटरद्वारा कोडको रूपमा प्रसोधन गरिदैन।
*/
let a = "this is a variable defined in a statement";

परिणाम मिल्दो जुल्दो ""

    कुनै परिणाम मिल्दो जुल्दो छैन ""